काठमाडौं - शनिबार काठमाडौं उपत्यका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा काठमाडौंका १, नेपाल कोरियामैत्री भक्तपुरमा काठमाडौंका २, भक्तपुरका १ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।