बराबरीमै रोकियो बार्सिलोना
खबर एक्सप्रेस
२०७८-०६-०८ ०८:०५ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली क्याडिजसँग गोलरहित बराबरी खेलेको हो ।
६५औं मिनेटमा फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडी समेटिन पुगेको थियो । त्यसपछि थप दबाबमा रहेको बार्सिलोना पाएको मौका सदुपयोग नगर्दा अग्रता लिनबाट चुक्दा अंक बाँड्न बाध्य बन्यो ।
यो बराबरी खेलेसँगै बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । अपराजित बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा रहेको छ । क्याडिज भने ६ अंकसहित १४औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस