काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार गरेको केही सातापछि उनले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए ।

स्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ । तर, अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन ।