राखेप पूर्व-उपाध्यक्ष टेण्डी शेर्पाको निधन
खबर एक्सप्रेस
२०७८-०८-०८ १०:३६ मा प्रकाशित
Total Shares: 474
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।
नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।
अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस