काठमाडौं - कोरोनाभाइरस (कोभिड १९)को परीक्षणका लागि पीसीआर टेस्ट स्थगित गर्ने लगायत १२ बुँदे सहमति भएपछि इनफ इज इनफ अभियानका अभियान्ताले अनशन तोडेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अभियानबीच मंगलवार १२ बुँदे सहमति भएको हो । सम्झौता पत्रमा पुकार बम, र ‘ई’ तथा सरकारको तर्फबाट डा. रोशन पोखरेल र डा. समीर अधिकारीले हस्ताक्षर गरेका छन् । कोरोना परीक्षणमा सरकारले लापरवाही गरेको भन्दै अभियानका अभियान्ता १२ दिनदेखि अनशनमा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा पुगेर अभियानका माग पूरा गर्ने आश्वासन दिएका थिए ।यही समूहले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको भन्दै प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गरेको थियो । 

यस्ता छन्, १२ बुँदे सहमति :