काठमाडौं,एजेन्सी - फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा वेल्सले बेलारुसलाई पराजित गरेको छ । आइतबार भएको खेलमा वेल्सले बेलारुसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान ग्यारेथ बेलले ह्याट्रिक गरेपछि वेल्सले रोमान्चक जित निकालेको हो ।

बेलारुसको घरेलु मैदानमा बेलले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३१ औं मिनेटमा पाभेल सेडकोले गोल गरेपछि घरेलु टिम २-१ ले अघि रह्यो  । तर,खेलको ६९ औं मिनेटमा बेलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा बेलले ह्याट्रिक पूरा गर्दै वेल्सलाई ३-२ को रोमान्चक जित दिलाए ।

जितसँगै वेल्सले ३ खेलमा ६ अंक जोडेको छ । समूह ई को वेल्स तेस्रो स्थानमा रहेको छ