काठमाडौं - जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि फेरि भारी वर्षा हुने चेतावनी दिएको छ।

विभागका अनुसार साउन ४ देखि तीन/चार दिन भारी वर्षा हुने सम्भावना छ। सो अवधिमा बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपाउन विभागले आह्वान समेत गरेको छ।

सार ३ गतेसम्म मौसम सामान्य रहने भए पनि आइतबारबाट  ठूलो पानी पर्ने सम्भावना छ। दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा आइतबारबाट फेरि नेपालको तराई नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।  यसअघि असार २५ देखि २९ सम्म भारी वर्षा भएको थियो।