एजेन्सी - अमेरिकामा एकैदिन कोरोनाभाइरसको संक्रमण ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा न्यूयोर्कमा मात्रै २ सय ८ जना रहेका छन् ।

साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ । यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।