काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले घटेर ८९ हजार ८ सय रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ३५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।