कांग्रेस पदाधिकारी बैठक बस्दै, खाणबारे निर्णय गरिने
खबर एक्सप्रेस
२०८०-०१-२८ ०९:३१ मा प्रकाशित
Total Shares: 53
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि हिजो बुधबार बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको भन्दै कुनै निर्णय गरिएको थिएन ।
फेसबुक पेज Like गर्नुहोस