नागरिक समाजका अगुवाद्वारा विरोध प्रदर्शन
खबर एक्सप्रेस
२०७७-१०-३० ०५:०४ मा प्रकाशित
Total Shares: 2555
काठमाडौं - संसद् विघटनको कदमविरुद्ध नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले संसद् विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका हुन् । प्रदर्शनमा सहभागीहरुले विधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, वलात्कारीलाई कारवाही गर लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा चिकित्सक, कानुन व्यवसायी, शिक्षक, लगाएको सहभागिता रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस