काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो । 

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ । 

यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।