काठमाडौं, एजेन्सी - गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै आदित्यले भनेका छन्– ‘१० बर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीविच निकै धेरै उतारचढाव आएका छन् । मेरो परिवारले श्वेतालाई वुझेको छ । म खुशी छु कि श्वेता मेरो जीवनमा आएकी छिन् ।’

आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो ।

एकसाथ चलचित्रमा काम गरेपछि श्वेतालाई मन पराउन थालेको र त्यसको केही समयपछि प्रेम प्रस्ताव राखेको पनि आदित्यले बताए । यो बर्षको अन्त्यमा श्वेतासँग बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन् ।

केही दिन अगाडि मात्र गायिका नेहा कक्कडले रोहन प्रित सिंहसँग बिहे गर्न लागेको जानकारी सामाजिक संजालबाट गरेकी थिइन् ।