दोस्रो मतदानमा निधिले पनि देउवालाई नै समर्थन गर्ने
खबर एक्सप्रेस
२०७८-०८-२८ १२:३२ मा प्रकाशित
Total Shares: 200
काठमाडौं - हाल चर्चामा रहेको नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।
पहिलो चरणमा सोमबार सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा आज भिडन्त हुने भएको छ । आज दिउँसो साढे ३ बजेदेखि सभापतिको मतदान सुरु हुँदै छ ।
आज बिहानै देउवा निधिलाई भेट्न बानेश्वरस्थित उनकै निवासमा पुगेका थिए । उक्त भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएको स्रोतले जनाएको छ । निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस