प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज(मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ । आजै बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी पनि छ ।
संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस