कोरोना कहर: विश्वभर ४० लाख संक्रमित, २ लाख ७५ हजारको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-२७ ०७:४३ मा प्रकाशित
Total Shares: 375
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ७५ हजार जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार ४० लाख १० हजार संक्रमित भएका छन् भने १३ लाख ८१ हजार संक्रमित निको भएका छन् ।
दैनिक ५ हजार औसतमा विश्वभर संक्रमणबाट मृत्यु भैरहेको छ भने ७० हजार नयाँ संक्रमित थपिन्छन् ।
सबैभन्दा प्रभावित देश अमेरिकामा कुल संक्रमित संख्याको एक चौथाई बढी अर्थात् १३ लाख संक्रमित छन् । यस्तै, ७८ हजारको मृत्यु भैसकेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाले इटली, स्पेन, अमेरिका हुँदै दक्षिण एसिया र दक्षिण अमेरिकालाई मुख्य निशाना बनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस