काठमाडौं-सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

लम्साल गत मंसिरमा परराष्ट्र सचिवमा नियुक्त भएकी थिइन् । उनी परराष्ट्र सचिव बन्ने पहिलो महिलासमेत हुन् ।