बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
खबर एक्सप्रेस
२०८०-१२-२४ १०:५६ मा प्रकाशित
Total Shares: 151
काठमाडौं-बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।
फेसबुक पेज Like गर्नुहोस