एजेन्सी - बलिउड अभिनेता सुशान्तसिंह राजपुतको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । बुधबार मुम्बाई पुलिसले जेजे अस्पतालमा गरिएको परिक्षणको रिपोर्ट सार्वजनिक गरेको हो ।

मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ ।

आत्महत्याको १८ औँ दिनमा आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको अस्पतालले जनाएको छ ।

यसअघि पुलिसले पोस्टमार्टम रिर्पोटका आधारमा सुशान्तले आत्महत्या गरेको बताएको थियो । प्रहरीले अझै सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ ।