फेरि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०३-२२ ११:२७ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ९० हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस