नवनियुक्त महिला तथा बालबालिका मन्त्री आचार्यले लिए शपथ
खबर एक्सप्रेस
२०८०-०१-२४ ०४:०२ मा प्रकाशित
Total Shares: 80
काठमाडौं-नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस