अनलाइनबाट रिचार्ज गर्न टेलिकमको आग्रह
काठमाडौं - कोरोना महामारीलाई मध्यनजर गर्दे नेपाल टेलिकमले अनलाइनबाटै मोबाइल रिचार्ज गर्न आग्रह गरेको छ । निषेधाज्ञाको समयमा आफ्नो ग्राहकहरुको सहजताको लागि अनलाइन रिचार्ज निकै प्रभावकारी हुनेछ ।
कोरोनाको महामारीको अवस्थामा सुरक्षाको हिसाबले पनि अनलाइन रिचार्ज बढी प्रभावकारी हुने टेलिकमले जनाएको छ । अनलाइन रिचार्जको लागि टेलिकमको प्रयोगकर्ताले ई–सेवा, खल्ती, सेलपेलगायतका विभिन्न मोबाइल वालेटको प्रयोग गर्न सक्नेछन् ।
साथै सिधै बैंकको मोबाइल एपबाट पनि रिचार्ज गर्न सकिने छ भने डेबिट क्रेडिट कार्डको प्रयोग गरी नेपाल टेलिकमको वेबसाइटबाटै पनि अनलाइन रिचार्ज गर्न सकिनेछ ।
कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा लकडाउन, निषेधाज्ञा जारी गरिएको बेला नेपाल टेलिकमले अनलाइनबाटै मोबाइल रिचार्ज गर्न आग्रह गरेको छ ।
यस्तो अवस्थामा कतिपय स्थानमा रिचार्ज कार्डको उपलब्धतामा समेत समस्या हुनसक्ने भएकाले अनलाइन रिचार्ज गर्न टेलिकमले आग्रह गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस