जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन प्रचण्ड पुगे रुकुम पश्चिम
खबर एक्सप्रेस
२०७७-१२-२४ ११:३४ मा प्रकाशित
Total Shares: 274
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम पुगेका छन् ।
जनआन्दोलन दिवसको अवसर पारेर पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम पश्चिम पुगेका हुन् । सो कार्यक्रममा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्नेछन् । सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ काे नाम दिइएको छ ।
कार्यक्रममा साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने बताइएको छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्र पुर्नबहाली भएको दिनको सम्झनामा चैत २४ गते जनआन्दोलन दिवस मनाइने गरिन्छ ।
फेसबुक पेज Like गर्नुहोस