देशभर थप १३ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०५-१९ ०४:२७ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।
पीसीआर परीक्षण १३ हजार ६ सय ८० रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस