आर्थिक श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा
खबर एक्सप्रेस
२०७८-०४-०१ ०२:४४ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको शर्माले बताए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बाहिरिएर नयाँ सरकार बनेसँगै उनले स्वेतपत्र जारी गर्ने बताएका हुन् ।
शर्माले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आउन ढिलाई हुने बताएका छन् । ‘मन्त्रालयका विभिन्न विभाग र राष्ट्र बैंकसँग मौद्रिक नीतिका बारेमा समन्वय र छलफल गरिरहेका छौं, छलफलपछि मात्रै मौद्रिक नीति आउँछ ।’ शर्माले पत्रकारसँग भने ।
फेसबुक पेज Like गर्नुहोस