काठमाडौं,चितवन - नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

गोकर्णले १९७६, योगेशले १९६४, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ पाएका छन् ।  छविलाल र पद्माले समान ८०० मत पाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार निर्वाचित भएका छन् । 

त्यस्तै  भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । उनीहरुले छुट्टै उम्मेदवारी दिएका थिए ।