काठमाडौं - उत्पीडित तथा श्रमजिवि जनतालाई लोकतन्त्र, प्रजातन्त्र र जनतन्त्र दिनको लागि साम्यवादी दल र संयुक्त मोर्चाको आवश्यकता रहेको प्रगतिशिल मोर्चा नेपालले जनाएको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै मोर्चाले वैज्ञानिक समाजवादी क्रान्तिको लागि जनताको अग्रदस्ता साम्यवादी दल र यसको नेतृत्वमा रहेको संयुक्त मोर्चा तथा जनबल आवश्यक रहेको बताएको हो । 

मोर्चाले एमसीसी अमेरिकाले नेपाललाई चिनमाथि हमला गर्न शिविर खडा गर्ने र नेपालका प्राकृतिक स्रोतहरु दोहन गर्न ल्याएको योजना भएको मोर्चाले जनाएको छ । ‘यो हिन्द प्रशान्त क्षेत्रमा रहेका देशहरुमाथि आफ्नो साम्राज्य कायम गर्न ल्याइएको सैन्य रणनीति हो ।’ वक्तव्यमा उल्लेख छ । 

कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि सरकारले कुनै राजनीतिक तगा कुटनीतिक पहल नगरेको मोर्चाले जनाएको छ ।