एमसीसीमा गुटको स्वार्थ हावी भयो : बाबुराम भट्टराई
काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सरकारले अघि सारेको मिलिनियम च्यमलेन्ज कर्पोरेसन (एमसीसी) मा पार्टीका गुटको आवाज मुखरित भएको औंल्याएका छन् ।
मङ्गलबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा भट्टराईले यस्तो बताएका हुन् । ‘एमसीसीमा पार्टीका गुटका आ–आफ्ना स्वार्थबाट प्रेरित धारणा मुखर भएका छन्,’ भट्टराईले भने, ‘यसमा राष्ट्रिय सहमति खोजिनुपर्छ ।’
संविधान बनाउने थलो संसद भएको र संसदका अभिभावक प्रधानमन्त्रीभन्दा सानो हुन नसक्नेसमेत उनको तर्क छ । सभामुखसँग उनले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई आफ्नो धर्म निभाउन उत्प्रेरणा दिनुपर्ने बताए ।
सापकोटासँग २५ वर्षसम्म सहकार्य गर्ने अवसर मिलेको बताउँदै भने, ‘विश्व इतिहासकै कान्छो संविधानसभाबाट निर्मित संसदको सभामुख बनेकोमा हार्दिक बधाई छ ।’
उनेल सापकोटाको त्याग बलिदान र तार्किक क्षमताको प्रशंसासमेत गरेका छन् । नेपालका संसदका क्रियाकलाप अरु देशको संसदभन्दा विशिष्ट किसिमको रहेको बताए । भट्टराईले उदारबादी लोकतन्त्र चाहे समाजवादी धार अङ्गीकार गरे पनि प्रतिनिधि सभा सबैको सर्वोच्च स्थान भएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस