काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट  ‘विनियोजन विधेयक, २०७८’ पारित भएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा एमालेका सांसदहरूको विरोधबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभासमक्ष टेबुल गरेका थिए ।