बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो
खबर एक्सप्रेस
२०७९-०५-२९ ०१:०० मा प्रकाशित
Total Shares: 152
काठमाडौं - राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस