सन्दीप लामिछानेले ट्रिन्बागो नाइट राइडर्सबाट सिपिएल खेल्ने
खबर एक्सप्रेस
२०७८-०२-११ १२:५४ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले ट्रिन्बागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सन्दीपलाई ट्रिन्बागो नाइट राइडर्स ड्राफ्टमार्फत टिममा भित्र्याइएको हो ।
डिफेन्डिङ च्याम्पियन नाइट राइडर्सको कप्तानमा केइरन पोलार्ड छन्। टिममा दीनेश रामदिन, सुनील नारिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा जस्ता चर्चित खेलाडी आबद्ध छन्।
अघिल्लो सिजन सन्दीपले जमैका तलावाजबाट खेलेका थिए। सिपिएल आगामी २८ अगस्ट देखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस