नवनियुक्त चार राजदूतले लिए शपथ
खबर एक्सप्रेस
२०८१-०८-०२ ०७:३२ मा प्रकाशित
Total Shares: 74
काठमाडौं - विभिन्न देशका नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
पाकिस्तानका लागि रीता ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि धनप्रसाद पण्डित र चीनका लागि कृष्ण प्रसाद ओलीले राजदूतमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरू राष्ट्रपतिबाट नियुक्त भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस