बाढीमा परी मृतक र घाइतेका परिवालाई एक लाख
खबर एक्सप्रेस
२०७७-०३-२६ ११:२८ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरिया खर्च बापत १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बाढीमा परी गम्भीर घाइते भएकाको उपचारका लागि सोही बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्ने पनि निर्णय भएको बाह्रबीसे नगरपालिकाकाले जनाएको छ ।
यसै गरी बाढीबाट विस्थापित बनेकाहरुलाई मध्य भोटेकोसी जलविद्युत आयोजनाको आवास गृहमा राखिएको छ। बिहीबार बाढी पहिरोमा परी नगरपालिकाको जम्बु भन्ने ठाउँमा दुई जनाको मृत्यु भएको थियो भने १७ जना बेपत्ता छन्। उनीहरुको खोजी जारी रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस