काठमाडौं, एजेन्सी - भारतको मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । बसमा ५४ जना सवार थिए ।

सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको समाचारमा जनाइएको छ ।

घटना लगत्तै नहरमा फसेकाको उद्दार गर्न गोताखोर खटाइएको छ । अझै २० जना बेपत्ता भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।