श्रीलंकामाथि नेपालको ७-० को शानदार जित
खबर एक्सप्रेस
२०८२-०४-०२ ०५:०१ मा प्रकाशित
Total Shares: 18
काठमाडौं - साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको शानदार जित भएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हराएको हो।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २/२ गोल गरे।
पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले १-१ गोल गरे। नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई ७-० ले हराएको थियो।
नेपालले अर्को खेल भुटानसँग शनिबार खेल्नेछ। नेपालले लिगको अन्तिम खेल घरेलु मैदान बङ्गलादेशसँग खेल्नेछ।
फेसबुक पेज Like गर्नुहोस