सन्दीपले भाइटालिटी टि२० ब्लास्ट गुमाउने
खबर एक्सप्रेस
२०७८-०२-२३ ०९:३२ मा प्रकाशित
Total Shares: 307
काठमाडौं - नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।
नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण सन्दीपले टि-२० ब्लास्ट गुमाउने निश्चित भएको हो । ठूलो प्रयासपछि शुक्रबार सन्दीपको भिषा आएपनि धेरै ढिलो भई सकेको र १४ दिन क्वारेनटाइनमा बस्दा सन्दीपले आधा भन्दा बढी खेल गुमाउने भएका छन् ।
सन्दीप टि-२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरमा अनुबन्धित थिए । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। टीममा सन्दीपको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरि रहेको बुझिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस