काठमाडौं,एजेन्सी - इंग्लिस क्लब आर्सनलका फरवार्ड विलियनले पनि क्लब छाड्ने भएका छन् । 

३२ वर्षीय ब्राजिलियन विंगर विलियनले गत सिजन इंग्लिस क्लब चेल्सी छाड्दै आर्सनलमा ३ वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता अवधि अझै दुई वर्ष बाँकी छँदै विलियनले क्लब छाड्न लागेका हुन् । एक रिपोर्टअनुसार विलियनले युरोप बाहिर जाने योजना बनाएका छन्

केहीदिन अघिमात्र ब्राजिलियन डिफेन्डर डेभिड लुइजले पनि सिजनको अन्त्यसँगै आर्सनल छाड्ने बताएका थिए । ३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेको थियो । तर, लुइजले क्लब छाड्ने निर्णय गरेका थिए । लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट  नै अनुबन्ध गरेको थियो ।