पोखरा - कास्कीमा कोरोना भाइरसको संक्रमणबाट पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षिया पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका ती पुरुषको शुक्रबार मध्याह्न १२:१५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।