काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा ४ जना महिला र ८ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४३९ पुगेको छ। १६९ जना संक्रमण मुक्त भएका छन् ।