कमल थापा पराजित भए पनि उनका परिवारका तीन सदस्य विजयी
खबर एक्सप्रेस
२०७८-०८-१९ १०:०६ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।
छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन् । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस