काठमाडौं - लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-०ले पराजित गरेको हो । 

खेलको १५औं मिनेटमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै घरेलु मैदानमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-०को सहज जित दिलाए । 

जितपछि दोस्रो स्थानमा रहेको चेल्सीले ४ खेलबाट १० अंक जोडेको छ । पराजित एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।