काठमाडौं - मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो ७ महिनामा ११.३ टन सुन खरिद गरेको छ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

मंगोलियामा ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित छ। बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनामा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चित भएको छ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिति बढेसँगै सुन खरिद गर्ने प्रचलन छ।