आज बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
काठमाडौं - महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दैछ।
भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।
नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक रहनेछ। नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक हुनेछ। सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो।
प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ। त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्न नसकेको यो छवि पनि मेटिनेछ। फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने अवसर हुनेछ। प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि निकै ठूलो खेल रहेको बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस