सभामुखले प्रतिपक्षीलाई बोल्न नदिएको कांग्रेसको आरोप
खबर एक्सप्रेस
२०८१-०२-०७ ०३:२७ मा प्रकाशित
Total Shares: 99
काठमाडौं - नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको आरोप लगाएको छ।
प्रतिनिधिसभा बैठक बसेपछि बसेको कांग्रेस संसदीय दल बैठकले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको हो।
कांग्रेसले पटक-पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएको सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ।
कांग्रेसले सरकारलाई लोकतन्त्र र संसदीय मूल्य र मान्यताका विपरीत नजान पनि चेतावनी दिएको छ।
सोमबार प्रतिनिधि सभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास मत लिएका थिए।
प्रधानमन्त्री दाहाललाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस