जनकपुरधाममा महिलामाथि एसिड प्रहार
खबर एक्सप्रेस
२०७७-०७-२९ ०१:२३ मा प्रकाशित
Total Shares: 400
काठमाडौं - जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो ।
नगरको वडा नम्बर ७ स्थित जानकीनगरस्थित माईतीमा आएकी साहमाथि शनिबार बिहान एसिड प्रहार भएको प्रहरी जनाएको छ । साहको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको छ ।
प्रहरीले एक युवकलाई नियन्त्रणमा लिइसकेको छ । एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस