अमेरिकाले तीन ट्रिलियन डलर ऋण लिने
खबर एक्सप्रेस
२०७७-०१-२३ १०:३४ मा प्रकाशित
Total Shares: 392
एजेन्सी - अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न तीन ट्रिलियन डलर ऋण लिने भएको छ । उक्त रकम राहत प्याकेज र अन्य सेवाका लागि खर्चिने छ ।
सरकारले उक्त ऋण लिन मञ्जुरी दिइसकेको छ ।
सन् २००८ को आर्थिक संकटको बेला लिएको ऋण भन्दा अहिले लिन लागेको रकम पाँच गुणा बढी हो ।अब अमेरिकालाई कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ । कोरोना महामारीसँग जुध्नका लागि दिइने आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हो ।
फेसबुक पेज Like गर्नुहोस