राम लिम्बु बने दोस्रो ‘भ्वाइस अफ नेपाल’
काठमाडौं - राम लिम्बु ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता घोषित भएका छन् ।
शनिबार काठमाण्डौको पाँच तारे होटल हायातमा आयोजना भएको ग्राण्ड फिनालेमा राम विजयी भएका हुन् । गतबर्ष भएको ‘दि भ्वाइस अफ नेपाल सिजन-१ सीडी विजय अधिकारीले जितेका थिए ।
हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । बिजेता लिम्बुले १२ लाख नगद जितेका छन्।यस्तै उनले डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पाएका छन्।
उनी कोच प्रमोद खरेलको टिमबाट राम विजयी भएका हुन् । यो सिजनको कोचमा प्रमोदसँगै दीप श्रेष्ठ, राजु लामा र आस्था राउत थिए ।कार्यक्रममा हजारौँ दर्शककोको उपस्थिती थियो ।
फेसबुक पेज Like गर्नुहोस