रुपन्देही - इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

हिरासतमा रहेकामध्ये ३ जना बुधबार नै छुटेको रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए । थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशन केन्द्रमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।

हिरासतमा रहेकाहरुमा संक्रमण पुष्टि भएलगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।