बिमा निर्देशिका खारेजीको माग
काठमाडौ - बिमा कम्पनी सितको मिलेमतोमा बीमा समितिले जारी गरेको ‘नन ट्यारिफ इन्स्योरेन्स बिजनेसको न्यूनतम प्रिमियम दर’ सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । निर्देशिका खारेजीको माग गर्नेहरुमा स्वतन्त्र ऊर्जा कम्पनीको संस्था (इप्पान) र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन । दुवै संस्थाले उक्त नियमावली खारेज हुनुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । निर्देशिका जारी भएसँगै विरोध भए पनि समितिले वास्ता नगरेका कारण प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको इपान र महासंघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउन ईप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा र महासंघका तर्फबाट अध्यक्ष रवि सिंहको नेत्तृत्वमा पदाधिकारीह गएका हुन । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघका अध्यक्ष सिंहले बिमा समितिद्वारा जारी उक्त निर्देशिकाले ऊर्जा र निर्माण क्षेत्रमा परेको गम्भीर असरबारे अवगत गराएका थिए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बीमा समितिसँग छलफल गरेर समस्या समाधानको गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी बीमा समितिमा पनि संयुक्त रुपमा सात दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको विज्ञप्तिमा छ । सरोकारवाला निकायसँग कुनै छलफलै नगरी एकलौटीरुपमा जारी गरिएको सो निर्देशिकाप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर ईप्पान, एफक्यानलगायतका संघ, संस्थाहरुले संयुक्त रुपमा र छुट्टाछुट्टै बीमा समितिको लिखित ध्यानाकर्षण गराए पनि त्यसप्रति बेवास्ता गरिएपछि अल्टिमेटम दिएको पनि उल्लेख छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस