काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु संक्रमण,साढे १२ हजार बढी कुखुरा नष्ट
खबर एक्सप्रेस
२०७७-११-१४ ०९:५५ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ।
पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि भएको हो ।
बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको विभागले जनाएको छ । विक्रम गौतम र कमल गौतमको फार्मसहित वरपरका फार्मका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। यस्तै, ठुलो संख्यामा दाना र अण्डा पनि नष्ट गरिएको छ ।
तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो। त्यसबेला १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस